११ भदौ २०८३, बिहिबार | August 28, 2026

प्रधानमन्त्री ‘प्रचण्डसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ‘प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्री दा‘प्रचण्डले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरे । सो अवसरमा उनले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ५० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि