१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

बागलुङको दमेकमा तामाखानीको प्रारम्भिक अध्ययन सुरु



बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् ।

यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए । तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो । खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जीनियरको समूहले काम थालेको हो ।

“यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे÷नरहेको विषयमा खोजी गर्छौँ”, शुभम् ग्रुपका निर्देशक अशोक विकले भने, “प्रारम्भिक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।” प्रारम्भिक अध्ययनका लागि झण्डै छ महिना लाग्ने उनले बताए ।

बागलुङकै तित्याङमा तीन वर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राविधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो । तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम सुरु हुने विकले बताए । ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामाखानीको अध्ययन गरिरहेको छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ५३ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज