१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय



पेरिस । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो ।

हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ । पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।

पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका छन् ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिने बित्तिकै कानुनी झमेलामा फसेका थिए । मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो । दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी पहिलो पूर्वराष्ट्रपति भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ५ : ०३ बजे

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार

प्रभु बैंकका ग्राहकले काठमाण्डु मोडेल अस्पतालमा विशेष छुट पाउने

काठमाडौ । काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच

नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा