३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए । त्यस्तै एक गोल रियल म्याड्रिडका एडर मिलिताओले आत्मघाती गोल गरेका थिए ।

योसँगै म्यानचेस्टर सिटी पछिल्ला तिन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटी २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर प्रिमियर लिगकै प्रतिद्वन्दी चेल्सीसँग पराजति भएको थियो । क्लबको इतिहासमा पनि च्याम्पियन्स लिगमा पुगेको यो दोस्रो पटक हो । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

अब यस सिजनको फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानको सामना गर्ने भएको छ । फाइनल खेल आगामी जुन १० मा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुने छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ०७ बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ