१७ असार २०८३, बुधबार | July 1, 2026

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए । त्यस्तै एक गोल रियल म्याड्रिडका एडर मिलिताओले आत्मघाती गोल गरेका थिए ।

योसँगै म्यानचेस्टर सिटी पछिल्ला तिन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटी २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर प्रिमियर लिगकै प्रतिद्वन्दी चेल्सीसँग पराजति भएको थियो । क्लबको इतिहासमा पनि च्याम्पियन्स लिगमा पुगेको यो दोस्रो पटक हो । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

अब यस सिजनको फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानको सामना गर्ने भएको छ । फाइनल खेल आगामी जुन १० मा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुने छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ०७ बजे

देशभर मनसुन सक्रिय, आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज अधिकांश स्थानमा

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ