६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-० को नतिजा सहित फाइनलमा पुगेको हो ।

डोर्टमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस अघि पहिलो लिगमा पनि डोर्टमण्डले पिएसजीलाई १-० गोल ले नै पराजित गरेको थियो ।

डोर्टमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड  त्यसपछि २०१३ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

अब डोर्टमण्डले फाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ०८ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र