१७ बैशाख २०८२, बुधबार | April 30, 2025

विश्वकप क्वालिफायरको समुह विभाजन, नेपाल समुह ए मा



काठमाडौं । आइसीसी विश्वकप क्वालिफायरको समुह विभाजन गरिएको छ ।

आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा विभाजन गरिएको हो ।

नेपाल आयोजक जिम्बाबेसहितको समुह ए मा परेको छ । नेपालको समुहमा आयोजक जिम्बाबेसहित नेदरल्याण्डस, अमेरिका र वेस्टइण्डिज परेको छ ।

त्यसैगरी समुह बि मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युएई परेका छन् ।

विश्वकप क्वालिफायरका समुह ए का खेलहरु हरारेमा हुने छन् भने समुह बि का खेलहरु बुलावायोमा हुने छन् ।

दुई समुहबाट शिर्ष ३-३ टिम सुपर सिक्सका लागि छनौट हुने छन् भने सुपर सिक्सबाट शिर्ष २ देश विश्वकपको अन्तिम चरणका लागि छनौट हुने छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ८ : १७ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक