७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अज्ञात रोगका कारण पशु मरे, लम्पीको आशङ्का



दमौली । तनहुँको देवघाट गाउँपालिकामा अज्ञात रोगका कारण पाँच पशु मरेका छन् । लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच भैंसी मरेका हुन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले के कारणले पशुको मृत्यु भयो भन्ने खुल्न बाँकी रहेको बताए । “जिल्लाभर यतिबेला लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच पशु मरेको खबर आएको छ, यही रोगका कारण हो वा होइन भन्ने पुष्टि भइसकेको छैन,” डा श्रेष्ठले भने ।

लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ । “यो रोग लागेको खण्डमा उत्पादनमा ह्रास भने आउँछ, तर मृत्यु नै हुने खालको रोग भने होइन,” उनले भने ।

जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको हो ।

लम्पी रोगका कारण कृषकले पालेका पशुहरु बिरामी पर्न थालेका छन् । गाईभैँसीमा ज्वरोसहित शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउनेजस्ता लक्षण देखिएको देवघाट गाउँपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख दिपकसिंह धामीले जानकारी दिए ।

“केही वडामा गाईभैँसीमा लम्पीस्किन रोग देखा परेकाले आवश्यक सजगताका लागि कृषकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ, यसको ठोस उपचार नभएकाले लक्षण अनुसारको उपचार गर्नुपर्ने अवस्था छ,” उनले भने ।

गाउँपालिकाले गोठ र मलखादको दूरी दश मिटर कायम गर्न, गोठ नियमितरुपमा फिनेल पानी सफा गर्न, पशु बाँध्ने गोठमा दिसा, पिसाब तथा पानी जम्न नदिन कृषकलाई आग्रह गरेको छ ।

भिमाद नगरपालिकाका केही स्थानमा गाईभैँसीमा लम्पी रोग देखा परेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले यसको ठोस उपचार नभएकाले आवश्यकता सतर्कता नै प्रमुख उपाय भएकाले कृषकलाई सोही बमोजिम गर्न भनिएको जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालका अनुसार विभिन्न वडामा यो रोग देखिएको छ । हालसम्म यो रोग विरुद्धको खोप उपलब्ध नभएकाले लक्षणअनुसार नै उपचार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा गाइभैँसीमा भाइरसबाट लाग्ने लम्पी रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले कृषकले यसबारेमा जानकारी गराएकाले पालिकाले अनुगमन गर्ने बताए । जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परेकाले यसबाट गाइभैँसीलाई बचाउन सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।

गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले बताए । उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन् समस्या आउने तथा गर्भपतन हुन सक्ने सम्भावना रहन्छ । उनले भने, “यो रोग भाइरसबाट लाग्ने भएकाले प्रभावकारी उपचार छैन । यसको सबैभन्दा राम्रो उपाय भनेको रोग लाग्न नदिनु नै हो ।”

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : ०७ बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका