२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन सुरू



बुटवल । पर्यटन प्रवद्र्धन र समृद्धिका लागि बुटवलमा शनिबारदेखि दुई दिने प्रथम राष्ट्रिय पार्क सम्मेलन सुरू भएको छ । सम्मेलनको पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।

बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा सुरू भएको सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको अर्थतन्त्र कहालिलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षी लगायत सबै दल र विज्ञहरुसंग छलफल गरेर फजुल खर्च कटौती गरी राजस्वले चालु खर्च धान्नेगरी वजेट बनाउनुपर्ने सुझाए ।

पौडेलले भ्रष्टचार अन्त्य गरी सुशासन कायम गर्न सबै एकताबद्ध हुनुपर्ने बताए । गुरूयोजना बनाएर हरेक शहरमा एउटा पार्क निर्माण आवश्यक बनाउनुपर्ने भन्दै पौडेलले आवश्यक बजेट ल्याउनको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरुको महत्वपूर्ण योगदान रहेको बताए । समुदायको सहयोग र व्यवस्थापनमा व्यवस्थित रुपमा सञ्चालनमा आएका उनको भनाइ छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज बुटवलमा थप पार्कहरु निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको बताए । पाण्डेले पार्कको विकास र सम्बद्धर्नमा नगरपालिकाको सधै साथ र सहयोग रहने बताए ।

सम्मेलनले पार्कहरुले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्ने मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताए । पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरुको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधानको पहल सम्मेलनपछि थालिने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजू लगायतले बोलेका थिए । सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागी छन । सम्मेलनले पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्नेछ ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गरेका थिए । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माको स्वागत तथा मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालको सञ्चालनमा कार्यक्रम भएको थियो । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ०८ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास