१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन सुरू



बुटवल । पर्यटन प्रवद्र्धन र समृद्धिका लागि बुटवलमा शनिबारदेखि दुई दिने प्रथम राष्ट्रिय पार्क सम्मेलन सुरू भएको छ । सम्मेलनको पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।

बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा सुरू भएको सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको अर्थतन्त्र कहालिलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षी लगायत सबै दल र विज्ञहरुसंग छलफल गरेर फजुल खर्च कटौती गरी राजस्वले चालु खर्च धान्नेगरी वजेट बनाउनुपर्ने सुझाए ।

पौडेलले भ्रष्टचार अन्त्य गरी सुशासन कायम गर्न सबै एकताबद्ध हुनुपर्ने बताए । गुरूयोजना बनाएर हरेक शहरमा एउटा पार्क निर्माण आवश्यक बनाउनुपर्ने भन्दै पौडेलले आवश्यक बजेट ल्याउनको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरुको महत्वपूर्ण योगदान रहेको बताए । समुदायको सहयोग र व्यवस्थापनमा व्यवस्थित रुपमा सञ्चालनमा आएका उनको भनाइ छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज बुटवलमा थप पार्कहरु निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको बताए । पाण्डेले पार्कको विकास र सम्बद्धर्नमा नगरपालिकाको सधै साथ र सहयोग रहने बताए ।

सम्मेलनले पार्कहरुले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्ने मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताए । पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरुको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधानको पहल सम्मेलनपछि थालिने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजू लगायतले बोलेका थिए । सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागी छन । सम्मेलनले पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्नेछ ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गरेका थिए । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माको स्वागत तथा मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालको सञ्चालनमा कार्यक्रम भएको थियो । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ०८ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार