७ श्रावण २०८३, बिहिबार | July 23, 2026

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल हुँदै



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बिहान ११ बजेपछि सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको छ । त्यसअघि सुन्य समयमा सांसदहरुले आआफ्नो क्षेत्र र समसामयिक समस्याको बारेमा जानकारी गराइरहेका छन् ।

आजको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाग लिँदैछन् । ओलीले नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने जनाएका छन् भने नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि बोल्ने बताएकाछन् ।

आजदेखि लगातार ५ दिनसम्म नीति तथा कार्यक्रमाथि छलफल हुने कार्यसूची संसद सचिवालयले तयार गरेको छ । जेठ ११ सम्म हुने छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम पास हुनेछ ।

नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुनेछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ११ : १९ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै