१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

घरमै बोलाएर युवती बलात्कार गरेको आरोपमा प्रध्यापक पक्राउ



दाङ । आफ्नै घरमा बोलाएर युवतीलाई बलात्कार गरेको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । उनलाई बलात्कारको आरोपमा दाङको लमहीबाट प्रहरीले पक्राउ गरेको हो ।

गएराति प्रहरीले गौतमलाई लमही स्थित आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी गौतमलाई प्रहरीले पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता राजन गौतमले बताए ।

आइतवार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नो घरमै बोलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए । युवती कुन प्रयोजनमा घरमै पुगेको र जबर्जस्ती भए नभएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । डीएसपी गौतमका अनुसार प्राध्यापक गौतमलाई आवश्यक अनुसन्धानका लागि मुद्दा दर्ता गरी म्याद थपको लागि अदालत ल्याउने तयारी भइरहेको छ ।

पक्राउ परेका गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्रध्यापक तथा संचालक समितिका कोषाध्यक्ष हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  २ : ०६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू