२१ मंसिर २०८२, आइतबार | December 7, 2025

घरमै बोलाएर युवती बलात्कार गरेको आरोपमा प्रध्यापक पक्राउ



दाङ । आफ्नै घरमा बोलाएर युवतीलाई बलात्कार गरेको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । उनलाई बलात्कारको आरोपमा दाङको लमहीबाट प्रहरीले पक्राउ गरेको हो ।

गएराति प्रहरीले गौतमलाई लमही स्थित आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी गौतमलाई प्रहरीले पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता राजन गौतमले बताए ।

आइतवार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नो घरमै बोलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए । युवती कुन प्रयोजनमा घरमै पुगेको र जबर्जस्ती भए नभएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । डीएसपी गौतमका अनुसार प्राध्यापक गौतमलाई आवश्यक अनुसन्धानका लागि मुद्दा दर्ता गरी म्याद थपको लागि अदालत ल्याउने तयारी भइरहेको छ ।

पक्राउ परेका गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्रध्यापक तथा संचालक समितिका कोषाध्यक्ष हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  २ : ०६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल