७ पुस २०८२, सोमबार | December 22, 2025

राप्रपा नेपालको केन्द्रीय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक आज



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको बैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।

महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशबराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युबा स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानिय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुने समेत जनाईएको छ ।

प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्नेछ । बैठकमा जनवर्गिय संगठन, विभाग र समितिहरुको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ । बैठक भोलि सम्म चल्नेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : २४ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र