४ पुस २०८२, शुक्रबार | December 19, 2025

आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन



मुम्बई । प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ । ५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौं मार्बल फिल्ममा अभिनय गरेका थिए । यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए ।

स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए । उनको यो भूमिकालाई भारतीय दर्शकले निकै रुचाएका थिए । स्टीवेन्सनको करियरमा उनले अभिनय गरेको यो एकमात्र भारतीय फिल्म हो ।

उनको वास्तविक नाम जर्ज रेमन्ट स्टीवेन्सन हो । उनको जन्म सने १९६४, मे २५ मा लिस्बनमा भएको थियो । परिवारमा तीन भाईमध्ये उनी दोस्रो भाई हुन् । उनका पिता एक रोयल एयर फोर्स पाइलट थिए । उनी ८ वर्षको उमेरमा इंग्ल्याण्ड गए र त्यही ब्रिस्टल ओल्ड विक थिएटरमा स्कुल अभिनय पढे । उनले २९ वर्षको उमेरमा ग्राजुएसन डिग्री लिए । स्टीवेन्सन सन् १९९० को दशकको सुरुवातबाट फिल्म र टेलिभिजनमा जोडिए ।

उनले ‘पनिशरः वार जोन’, ‘द थ्योरी अफ फ्लाइट एण्ड एचबीओ–बीबीसी’को ‘अकेम्ड टेलिभिजन सिरिज’ मा अभिनय गरेका थिए । उनी रोममा आफ्नो भूमिकाका लागि लोकप्रिय थिए । यसबाहेक रे ‘डेक्सटर’, ‘द वकिङ डेड’, ‘ब्ल्याक सेल्स’, ‘वाइकिङ्स’लगायतका कैयौं स्टार वार्स एनिमेटेड शोको हिस्सा बने । उनी चाँडै नै डिज्नी प्लस स्टार वार्स सिरिज ‘अहसोका’मा देखिँदैछ । यसको प्रिमियर चाँडै हुँदैछ ।

उनको अन्तिम फिल्म ‘एक्सीडेन्ट मेनः हिटमेन होलिडे’ थियो । उनले हालै १९४२ मा केविन स्पेसीलाई रिप्लेस गरेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : ५५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज