२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

अन्तरिक्ष स्टेशनमा पुगिन साउदी अरबकी पहिलो महिला



रियाद । साउदी अरबकी पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छिन् ।

एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन् ।

जसले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेको थियो। जो १० दिन उनी अन्तरिक्षमा रहने छिन ।

यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरको अनुसन्धान गर्ने योजना बनाएकी छिन्। उनको यो यात्राले मध्य पूर्वका महिलाहरूलाई प्रेरित गर्ने आशा गर्छिन्।

आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ। म चाहन्छु कि तपाईं ठूला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।’

बर्नावी एक्सियोम मिशन– २ मा साथी साउदी मिसन विशेषज्ञ अली अल्कार्नीसहित पुगेकी हुन । जो अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन । उनीहरुको टोलीमा दुई अमेरिकी कमाण्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल रहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ९ : ०८ बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन