१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नवनियुक्त दुई मन्त्रीको शपथ आज, ५ महिनामा पायो प्रचण्ड सरकारले पूर्णता



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुदैँछ ।

राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण मन्त्रालयको मन्त्रीमा र प्रमिला कुमारीलाई विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनीहरूको शपथ ग्रहण बिहान १० बजे शीतल निवासमा गराइने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

११ औँ पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यो सँगै दाहाल नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । दाहाल गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ७ : ५५ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि