१२ बैशाख २०८१, बुधबार | April 24, 2024

गुजरातलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा



काठमाडौं । गुजरात टाइटन्सविरुद्ध १५ रनको जित निकाल्दै चेन्नई सुपर किङ्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । चेन्नाई १० औं पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।

मंगलबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याउने क्रममा साविक विजेता गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र जोड्न सक्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका रितुराज गाइकवाडले ६० रन बनाए । गाइकवाडले ४४ बलमा सात चौका र एक छ्क्का प्रहार गरे । डेवोन कोन्वेले ४० र मोइन अलिले २२ रन थपे । अजिन्क्या रहाने र अम्बती रायडुले समान १७ रन जोडे ।

गुजरातका मोहम्मद सामी र मोहित शर्माले समान दुई विकेट लिए । नूर अहमेद, राशिद खान र दर्शन नालखन्डेले एक-एक विकेट लिए ।

१७३ रनको लक्ष्यसहित मैदान उत्रिएको गुजरातका सुभमन गिलले ४२ रन बनाए । राशिद खानले ३०, दसुन सनाकाले १७, विजय शंकरले १४ र रिद्दिमान साहले १२ रन जोडे ।

चेन्नाईका रविन्द्र जडेजा, दीपक चहर, महिष थिक्षणा र मथिसा पथिरानाले समान दुई विकेट लिए । तुसार देशपान्डेले एक विकेट हात पारे ।

जितसँगै फाइनलमा स्थान बनाएको चेन्नाईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । गुजरातले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटर विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : २१ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको