२८ भदौ २०८३, आइतबार | September 14, 2026

गुजरातलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा



काठमाडौं । गुजरात टाइटन्सविरुद्ध १५ रनको जित निकाल्दै चेन्नई सुपर किङ्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । चेन्नाई १० औं पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।

मंगलबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याउने क्रममा साविक विजेता गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र जोड्न सक्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका रितुराज गाइकवाडले ६० रन बनाए । गाइकवाडले ४४ बलमा सात चौका र एक छ्क्का प्रहार गरे । डेवोन कोन्वेले ४० र मोइन अलिले २२ रन थपे । अजिन्क्या रहाने र अम्बती रायडुले समान १७ रन जोडे ।

गुजरातका मोहम्मद सामी र मोहित शर्माले समान दुई विकेट लिए । नूर अहमेद, राशिद खान र दर्शन नालखन्डेले एक-एक विकेट लिए ।

१७३ रनको लक्ष्यसहित मैदान उत्रिएको गुजरातका सुभमन गिलले ४२ रन बनाए । राशिद खानले ३०, दसुन सनाकाले १७, विजय शंकरले १४ र रिद्दिमान साहले १२ रन जोडे ।

चेन्नाईका रविन्द्र जडेजा, दीपक चहर, महिष थिक्षणा र मथिसा पथिरानाले समान दुई विकेट लिए । तुसार देशपान्डेले एक विकेट हात पारे ।

जितसँगै फाइनलमा स्थान बनाएको चेन्नाईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । गुजरातले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटर विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : २१ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा