२१ माघ २०८२, बुधबार | February 5, 2026

रुपन्देहीमा नक्कली ब्राण्डेट मदिराको विगविगी : नक्कली रक्सी बेच्ने २ जना पक्राउ



भैरहवा । नक्कली अन्तस्शुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुई युवालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षीय मूख्तार पठान र सोही ठाउ बस्ने २८ वर्षीय नविन पन्थी रहेका छन् ।

प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यक चिम्नी ब्राण्डको १ बोतल  नक्कली मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्री वितरण गर्ने गरेका थिए ।

बजारमा नक्कली मदिरा बिक्रि भएको गुनासो बढेपछि मदिरा ब्यवसायी संघले यस विषयमा चासो राखेको थियो । ‘बुझ्दै जादा नक्कली मदिरा बिक्रि बितरणमा यी दुई युवाहरुको संलग्नता देखियो,’ मदिरा ब्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने, ‘लुम्बिनी भैरहवा सडकमा रहेको बेथरीको एक होटलबाट उनिहरुद्वारा बिक्री गरिएको मदिरा फेला परे पछि प्रहरीको सहयोगमा उनिहरुलाई प्रक्राउ गरिएको हो ।’

सिग्नेचर, ओल्ड दरवार, एटएटफोएट ब्राण्डका रक्सीहरु बजारमा अभाव भईरहेको समयमा विभिन्न होटलहरुमा सोही रक्सीहरु सस्तो मुल्यमा विक्री भइरहेको भन्ने सूचना पाएपछि यहाका मदिरा व्यवसायी यसको निगरानीमा लागेका थिए । सोही क्रममा करिव ३३ हजार रुपैंया बराबरको अवैध रक्सी, नक्कली स्टिकर र सक्कली रक्सीका खाली बोटल बरामद गरी प्रहरीलाई बुझाएका हुन् ।

यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिष्ट्रिलरीका क्षेत्रिय बिक्री प्रवन्धक प्रितम गिरीले बताए । यस्तो गिरोहले ब्राण्डेड रक्सीमा पानी वा तल्लो स्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाई छ ।

पक्राउ परेका दुवै आरोपीलाई बरामद समान सहित थप कारबाहीको लागि भैरहवाको आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रहरी निरीक्षक किशोर केसीले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ६ : ५५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता