१० आश्विन २०८०, बुधबार | September 27, 2023

रुकुम पश्चिममा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु



दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ । बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन्  ।

सानीभेरी गाउँपालिका-५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका-८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ ।

दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ११ : ०१ बजे

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

ल्हासा। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज

स्वास्थ्यमन्त्री बस्नेत बोले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ

चितवन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा

Tourism Minister welcomes foreign tourists

Kathmandu: Foreign tourists were welcomed at the Kathmandu-based Tribhuvan International

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार