३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आज सिथि नखः नेवा: समुदायले चटामरी र वः मरी खाएर मनाउँदै



बुटवल । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाइरहेका छन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउने गर्दछन् ।

सामनइतयाः नेवार समुदायको चाडपर्व भन्नेबित्तिकै भोजभतेर, बाजागाजा, पूजाआजाको कुरा मात्र आउने गर्दछ । तर नेवारहरुले अरु चाडपर्वभन्दा सिथि नखः फरक तरिकाले मनाउँछन् । वर्ष सुरुहुनु अघिको पर्व भएकै कारण यस पर्वमा पानीका परम्परागत स्रोतहरुको सरसफाइ गरेर यो पर्व मनाइन्छ । सिथि नखः पर्वको दिन टोलटोलका सार्वजनिक इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने प्रचलन रहँदै आएको छ ।

साधारणतया नेवारहरुको पर्वमा मासु र रक्सी अनिवार्य रहने गरेपनि सिथि नखः मा मासु र रक्सी भन्दा अन्य परिकार खाने चलन रहेको छ । सिथि नखः को दिन ६ थरीका चटामरी र ६ थरीका वः मरि पकाएर खाने प्रचलन रहेको छ । आजका दिन चामलको पिठोको चटामरी, मुग वा मासको वः बनाएर खाने गरिन्छ । देवाली (कुलपुजा) भएका खण्डमा भने बोका राँगो काटेर भोजका परिकार बनाएर खाने चलन पनि रहेको छ । सिथि नखःलाई दियालीकारुपमा मनाउने नेवाः समुदायले सम्यबजी बनाएर पनि खाने गरिन्छ ।

देवीदेवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास छ । किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखः मनाउने गरिएको नेवाः अगुवाहरुको भनाई छ ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः ९धान रोपाइँ० शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १ : २१ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी