१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आज सिथि नखः नेवा: समुदायले चटामरी र वः मरी खाएर मनाउँदै



बुटवल । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाइरहेका छन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउने गर्दछन् ।

सामनइतयाः नेवार समुदायको चाडपर्व भन्नेबित्तिकै भोजभतेर, बाजागाजा, पूजाआजाको कुरा मात्र आउने गर्दछ । तर नेवारहरुले अरु चाडपर्वभन्दा सिथि नखः फरक तरिकाले मनाउँछन् । वर्ष सुरुहुनु अघिको पर्व भएकै कारण यस पर्वमा पानीका परम्परागत स्रोतहरुको सरसफाइ गरेर यो पर्व मनाइन्छ । सिथि नखः पर्वको दिन टोलटोलका सार्वजनिक इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने प्रचलन रहँदै आएको छ ।

साधारणतया नेवारहरुको पर्वमा मासु र रक्सी अनिवार्य रहने गरेपनि सिथि नखः मा मासु र रक्सी भन्दा अन्य परिकार खाने चलन रहेको छ । सिथि नखः को दिन ६ थरीका चटामरी र ६ थरीका वः मरि पकाएर खाने प्रचलन रहेको छ । आजका दिन चामलको पिठोको चटामरी, मुग वा मासको वः बनाएर खाने गरिन्छ । देवाली (कुलपुजा) भएका खण्डमा भने बोका राँगो काटेर भोजका परिकार बनाएर खाने चलन पनि रहेको छ । सिथि नखःलाई दियालीकारुपमा मनाउने नेवाः समुदायले सम्यबजी बनाएर पनि खाने गरिन्छ ।

देवीदेवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास छ । किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखः मनाउने गरिएको नेवाः अगुवाहरुको भनाई छ ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः ९धान रोपाइँ० शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १ : २१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले