१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सिथि नखःमा कर्माचार्य बन्धुको कुलपूजा सम्पन्न



चितवन । पर्वतको बेनीबाट नेपालका बिभिन्न स्थानमा बसाई सराई गरि गएका कर्माचार्य बन्धुहरुको कुलपूजा चितवनमा सम्पन्न भएको छ । चितवन नारायणगढ स्थित गणेशस्थानमा बनाईएको कुल मन्दिरमा कर्माचार्य बन्धुको कुलपूजा भएको हो ।

सिथि नखः को अवसर पारेर गरिएको कुलपूजााको कमाचार्य बन्धुका जेष्ठ सदस्य हेमन्त कर्माचार्यले मुल पुरोहितकारुपमा पुजाको थालनी गरेका थिए । बयोबृद्ध हेमन्त कर्माचार्यको अशबक्तताका कारण बाँकी कुलपूजाको बिधि अर्का जेष्ठ सदस्य नन्दकुमार कर्माचार्यले सम्पन्न गरेको लेखक तथा कर्माचार्यबन्धुका अगुवा ईश्वरी कर्माचार्यले जानकारी दिए ।

भक्तपुरबाट स्याङ्जाको बलाम गुठीमा बसोबास गर्दै आएका कर्माचार्य बन्धुहरु बलामगुठीबाट बसाई सर्दै पर्वतको बेनी बजार पुगेका थिए । बेनीलाई मुल घर बनाएका बन्धुहरु बसाई सराईकै क्रममा पोखरा, काठमाडौं, नेपालगन्ज, बर्दिया, चितवन भैरहवा लगायतका विभिन्न शहरहरूमा बसोबास गर्ने कर्माचार्य परिवारका २५ घर परिवारको १२५ सदस्य हरुको उपस्थितिमा कुलपूजा गरिएको जनगायक अशोक कर्माचार्यले बताए ।

कुलपूजामा उपस्थित कर्माचार्य बन्धुका अगुवाहरुले भाषा र संस्कृतिलाई जोगाउन कर्माचार्य बन्धुहरुको एकतामा जोड दिएका थिए । परिचयात्मक कार्यक्रममा बोल्दै लेखक तथा अगुवा ईश्वरी कर्माचार्यले बंशावली निर्माण गर्दै कर्माचार्य बंशका भाईबन्धुहरुलाई एकताबद्ध बनाउनु पर्ने बताए ।

अर्का अगुवा जीवन कर्माचार्यले देशैभर छरिएका रहेका कर्माचार्य दाजुभाई खलकलाई कुलपूजाको माध्यमबाट एकताबद्ध बनाउने प्रयास भएको बताए ।

कार्यक्रममा रमेश कर्माचार्य, उत्तम कर्माचार्य, सुदीप कर्माचार्य लगायतले बिधि बनाएर पूजालाई निरन्तरता दिनुपर्ने बताए । कुलपूजामा उपस्थित कर्माचार्य बन्धुहरुले हरेक २ वर्षमा कुलपूजा गर्ने, एउटै हाँगामा रहेका कर्माचार्य खलक सबैलाई पूजामा सहभागी गराउने, पूजाको बिधि निर्माण गर्ने लगायतको निर्णय भएको अगुवा गायक कर्माचार्यले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : ५० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो