८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

पोखरामा आजदेखि राष्ट्रसङ्घको नमूना महासभा



गण्डकी । युथ थिङ्कर्स सोसाइटी (वाइटिएस)को आयोजना पोखरामा आजदेखि संयुक्त राष्ट्रसङ्घको नमूना महासभा हुने भएको छ ।

आज (शुक्रबार) देखि तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमूना महासभा) मा १५ जिल्लाका एक सय २० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुङ्गानाले जानकारी दिए ।

विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् ।

आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई-वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा महासभा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसङ्घका बारेमा पनि जान्न सकिन्छ ।

त्यस्तै, सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेषगरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपणसमेत प्रस्तुत गर्ने ढुङ्गानाले जानकारी दिए ।

मोडल युनाइटेड नेसन्स (एमयुएन) अन्तर्गत संयुक्त राष्ट्रसङ्घको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरूले संयुक्त राष्ट्रसङ्घका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्न सक्नेछन् ।

नमूना महासभामा पोखराका प्रमुख अतिथि र अमेरिकी दूतावासबाट एकजना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ६ : ३१ बजे

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण