काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।
उनले भने, “उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।” पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए ।
सोनु मुर्मुले पार्टीको निर्देशन अटेर गर्दै आफ्नै श्रीमानलाई स्वकीय सचिव राखेपछि कारबाही गरिएको जनमतको उच्च स्रोतले दाबी गरेको छ ।
ुपार्टीले आफन्त, नातागोतालाई स्वकीय नराख्नू भनेर स्पष्ट निर्देशन दिइसकेको अवस्थामा उहाँले अटेर गरेर श्रीमानलाई स्वकीय राख्नुभयो। सांसदका रूपमा जस्तो भूमिका खेल्नुपर्थ्यो, त्यसमा पनि कमीकमजोरी रह्यो,ु स्रोतले भनेको छ ।



















प्रतिक्रिया