१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट



काठमाडौं । सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ ।

हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ ।

उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन् । हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ ।

गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको समन्वयमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

सन् २०२२ देखि नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालयअन्तरगत रहेको हज समितिले गरिरहेको छ ।

साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ । यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल)मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ । समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ ।

साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ । सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १० : १२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो