२५ चैत्र २०८२, बुधबार | April 8, 2026

कविता : भोलि पक्का आउनु है ‘बा’



सेतो रातो छिर्केमिर्के
पाल्पाली ठाका टोपी,
त्यै भित्र लुकेको टल्लक
टल्किने सेतो कपाल

हल्का मुजा परेको
निधार मुनिको तेजिलो आँखा
अलि अलि झोलिएका
गाला भित्र लुकेका दन्तेलहर

मुसु मुसु हाँस्दै फोनिक्स साइकलमा
‘बा’ म तिर आउदै हुनुहुन्थ्यो।

म ‘बा’भन्दै थिएँ
‘बा’ले ‘अनु’ सन्चै छौ ? भन्दै
साइकलमा स्टयानड लगायर
सुस्केरा मार्दै पिँढीमा बस्नु भयो।

‘बा’ म ठिक छु,
हजुरलाइ कस्तो छ ?
धेरै दिन भयो हजुर नआउनु भएको।

मलाइ उतै स्वर्गमा आनन्द छस
पृथ्वीमा नर्क छ ‘अनु’

कसैको खुसिमा ‘आहा’
भन्दा ‘ओहो’ भन्छन्
अनि दुखमा ‘ओहो’ भन्दा
‘आहा’ भन्छन अनि
मेरो मनमा पाप छैन भन्दै
भगवान ढोग्छन्

है ‘बा!’ भन्दै
म प्रस्न थप्दै थिएँ,
उता हजुरलाइ बस्न खान
कस्तो छ ? सोध्दै थिएँ

मेरो चिन्ता नगर ‘अनु’
उता पनि चोक चोकमा चिया
पसल छन्
धन्सारमा खाट अगाडि ‘३०’ इन्चको
रंगिन टिभि छ
कैले काहिँ भजन किर्तन गर्छु
अनि
साईंल दाइ र म मिलेर बिघा भरि
मुरिका मुरि धान फलाका छौ।

जीवन छोटो छ है ‘बा’!

लामो भैदिएको भय त
हजुर हामी एउटै भकारीको धानलाई
कुटि चामल खान्थ्यौ होला
हजुरबुबा नातिनि सपनीमा नभई
बिपनीमा नै भलाकुसरि गर्थ्यौ होला
है ‘बा’!

टारेर नटर्नि संसारको रित
तिमीले मैले कसरी टार्न
सक्थ्यौं र ‘अनु”!

मेरा आँखा कतिखेर टिलपिल
भए र आँगनको डिल भिज्यो थाहा छैन।

पृथ्वी रङ्गमन्च हो भन्छन्
कसको भुमिका कति समयलाई
लेखिएको छ
कसलाइ थाहा छ र ‘अनु’

है ‘बा”
हजुरको त भुमिका चाँडै सिध्यियो नि।

समय र अनुकुल मिलायर
कहिले जन्मभुमि त कहिले कर्मभुमि
गर्दै बाँकी रहेका परिवार संघ
एउटै चुलोमा पकायर खाने
प्रयास जारी छ ‘बा’!

म जाने बेला भयो ‘अनु’
अब जानुपर्छ भन्दै बा
साइकलमा लगाएको स्टयान्ड
धकाल्दै हुनुहुन्थ्यो।

म नजानु न ‘बा’भन्दै थिएँ
बा म जानै पर्छ भन्दै साइकल
डोराउँदै हुनुहुन्थ्यो
म पछिपछि नहरसम्म पुगेँ।

बा ले साइकल चढ्नु अघि
कपाल सुमसुमाउदै
दुनियाँको कुरा नसुन्नु, दिमाखको घेराइ
अनि मनको चौडाइ ठुलो राख्नु ‘अनु’
कर्तव्य निभाउन र अधिकार लिन नछोडनु
नबिराउनु अनि नडराउनु ‘अनु’!

दुख सुख बिसाउन मन लागे कैले काहिँ
‘बा’ य ‘बा’ भन्दै बोलाउनु

म साइकल चढि आउनेछु ‘अनु’।
तिम्रो साथमा सधैं अदृश्य रुपमा रहनेछु।
म भोलि फेरि सपनीमा आउने छु ‘अनु’।

हस ‘बा’
भोलि पक्का आउनु है ‘बा’!

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : ३७ बजे

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान