८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

अहिलेको पद्धती केही समयका लागि बिकाउ मात्र हुने तर टिकाउ हुँदैन : पूर्वराजा ज्ञानेन्द्र



काठमाडौँ । आफ्ना समर्थकहरु भेला गरेर अभिनन्दन थाप्दै देश दौडाहामा हिँडेका पूर्वराजा ज्ञानेन्द्र शाहले कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर लोकतान्त्रिक प्रणाली केही समयका लागि बिकाउ मात्र हुने तर टिकाउ नहुने व्यवस्था भएको टिप्पणी गरेका छन् ।

समर्थकहरुबाट अभिनन्दन थाप्न सुखेत् पुगेका शाहले सभालाई सम्बोधन गर्दै यो व्यवस्थामा जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार नभएको बताए ।

उनले लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदी जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै भएको बताए । ‘ विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।’ उनले भने ।

पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताउँदै देश दर्शनका क्रममा जनदृष्टिका आधारमा आफूले यही कुरा बुझेको बताए । ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधी व्यवस्था,शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? प्रश्न गर्दै उनले भने, हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ५ : ०६ बजे

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध