८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

आर्थिक समस्या समाधानमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : विश्वप्रकाश शर्मा



काठमाडौं । सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भने, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।”

उहाँले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि रु डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ”, उनले भने ।

सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गरे । भ्रष्टाचारका फाइल खोल्दा सरकारलाई समर्थन फिर्ता होइन समर्थन गर्नुपर्ने बताए । सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरे । उनले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गरे ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : १४ बजे

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम