६ पुस २०८२, आइतबार | December 21, 2025

संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने संसद् सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । आज दिउँसो १ बजे संसद्को नियमित बैठक पनि बस्दैछ ।

सो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले भोलि (सोमबार) आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदैछ । त्यसको पूर्वसन्ध्यामा संसदको संयुक्त र नियमित बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : २८ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट