४ पुस २०८२, शुक्रबार | December 20, 2025

किशोरकुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपूर



मुम्बई । हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन् ।

कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन् ।

अभिनेता आमिर खान जस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन् । अब यो लाइनमा रणवीर कपुर पनि आएका छन् ।

यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन् । यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनतो रणवीर सिंह जोडिने सम्भावना देखिएको छ ।
a
निर्देशक अनुराग बसु लामा समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए । तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ । केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए । उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए ।

रणवीरले फिल्म ‘एनिमल’ पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छन् । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’ पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको