४ पुस २०८२, शुक्रबार | December 20, 2025

खबरकुराले समाज रूपान्तरणको दिशामा जिम्मेवार भूमिका निर्वाह गरेको पाइनु प्रशंसनीय काम : महासंघ अध्यक्ष पोख्रेल



काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले अनलाइन पत्रकारिताको विकासले ठूलो फड्को मारिसकेको बताएका छन् । खबरकुरा डटकमको तेस्रो वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिदैं अध्यक्ष पोख्रेलले अनलाइनको विकासको गतिसँगै यसका पाठकहरूको जमात पनि बढदै गएको उल्लेख गरेका छन् ।

उनले पाठक बढ्दै गएपनि अनलाइनमा प्रकाशन हुने समाचार सामग्रीको विश्वसनीयता र गुणस्तरीयताका विषयमा पनि विभिन्न टीका-टिप्पणी हुने गरेको बताएका छन् । ‘विद्यमान अवस्थामा खबरकुरा डटकमले अनलाइन पत्रकारितामार्फत् नागरिकको सूचनाको अधिकारलाई सुरक्षित गर्दै सत्यतथ्य समाचार प्रवाह गरी समाज रूपान्तरणको दिशामा जिम्मेवार भूमिका निर्वाह गरेको पाइनु प्रशंसनीय काम हो ।’ उनले शुभकामना सन्देशमा लेखेका छन् ।

अध्यक्ष पोख्रेलले वार्षिक उत्सवको अवसरमा सम्पादकीय नेतृत्व तथा अनलाइनमा संलग्नहरूमा हार्दिक बधाई पनि दिएका छन् । आगामी दिनमा खबरकुरा डटकम अनलाइनले अझ सशक्त भूमिका खेल्ने विश्वास सहित उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको