३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पत्रकारितालाई जवाफदेही र जिम्मेवार बनाउने पहिलो दायित्व संचारकर्मी कै हो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अनलाइन पत्रकारितालाई जवाफदेही र जिम्मेवार बनाउने पहिलो जिम्मेवारी पनि पत्रकारितामा क्रियाशील संचारकर्मीहरुको भएको बताएका छन् ।

संज्ञान मिडिया प्रालिद्वारा सञ्चालित खबरकुरा डटकम अनलाइन तेस्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले खबरकुराले काठमाडौं र बुटवलबाट निरन्तर प्रकाशित यो अनलाइनले सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गरिरहोस् भन्ने शुभकामना दिएका छन् ।

उनले खबरकुरा डटकमले स्थापनाको छोटो समयमै आफूलाई समाजमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै सन्देशमा बुटवललाई केन्द्र बनाएर विशेषगरी लुम्बिनी प्रदेशका पाठक सामु अनलाइनले सूचना, ज्ञान र मनोरञ्जनका साथै सामाजिक रुची र जनचासोका सामग्री सम्प्रेषण गरिरहेको सुन्दा खुशी लागेको जनाएका छन् ।

‘यतिबेला समाजले ग्रहण गर्न नसक्ने, पूर्वाग्रहले भरिएका सूचनाहरु यत्रतत्र सम्प्रेषण भइरहेको देखिन्छ । विभिन्न सञ्चार माध्यममा विशेषगरी सामाजिक सञ्जालमा सूचना प्रवाहका नाममा मिथ्या र भ्रमपूर्ण सूचनाको खेती भइरहदा समाजलाई गलत बाटो र अराजकतातर्फ डोर्याउने खतरा छ।’ उनले सन्देशमा भनेका छन्, ‘भ्रामक र पूर्वाग्रह प्रेरित सूचनाको बीचमा राम्रो गरिरहेकाहरु समेत ओझेलमा पर्नुपर्ने बाध्यता छ ।’

खबरकुरा संघीय गणतन्त्र नेपालको स्थापनाकै दिनमा जन्मिएको खबरले आफु अझ बढी खुशी उल्लेख गर्दै प्रचण्डले आजको दिन जनयुद्ध र जनआन्दोलनको बलबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भएर सार्वभौमसत्ता जनतामा स्थापित भएको महान् दिन भएको स्मरण गरेका छन् । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर मात्रै विकास र समृद्धिप्रतिको जनताको उत्कट आकांक्षा पूरा हुन सक्ने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी सुदृढ, समुन्नत र सम्पन्न बनाउन खबरकुरालगायत नेपाली मिडियाबाट जिम्मेवारीबोधका साथ अघि बढ्ने अपेक्षा गरेका छन् ।

‘खबरकुरा अनलाइनले आफुलाई सत्य, सन्तुलित र विश्वसनीय बनाउन सकोस ।’ उनले सन्देशमा लेखेका छन्, ‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक शासन प्रणालीमा प्रतिवद्ध रहँदै सही सूचनाको माध्यमबाट गतिशील नागरिक समाज निर्माण गर्न सकोस् ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ३० बजे

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना