२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेशकै पहिलो केवलकार बुटवलमा सञ्चालनमा आयो(फोटोफिचर)



बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको ‘लुम्बिनी केवलकार’ आजबाट व्यवसायीक सञ्चालनमा आएको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार गणतन्त्र दिवसको अवसर पारेर आजबाट व्यवसायीकरुपमा संचालनमा आएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते उद्घाटन गरेको केवलकार निर्माण सुरु भएको २७ महिनामा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

बिहान ८ बजेबाट प्रवेश खुल्ला गरिएको केवलकार चढ्न र हेर्न बुटवल र यस आसपासका ठुलो संख्यामा स्थानीय केवलकारको प्रारम्भ स्थलमा उपस्थित भएका थिए । राजधानी अन्यत्र जानु, निर्माण भएर अन्तरराष्ट्रिय विमानस्थल नचल्नु, अन्तरराष्ट्रिय सम्मेलन केन्द्रले काम नपाउने अवस्थामा केवलकारले बुटवलको पर्यटनमा टेवा पुग्ने कम्पनीले अपेक्षा गरेको छ । आज बिहानै कम्पनीका अध्यक्ष चन्द्र ढकालले केवलकार चढेर बसन्तपुर पुगेर कामाक्षा देवीको मन्दिरमा पुजाअर्चना गरेका थिए । सो अवसरमा बोल्दै ढकालले आन्तरिक, भारतीय र संसारभरका बुद्धधर्मका अनुयायीकहरुलाई लक्षित गरेर केवलकार स्थापना गरिएको बताए ।

१९ वर्षअघि बुटवलका लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा, भैरहवाका नारायणप्रसाद उपाध्याय लगायतको समूहले परिकल्पना गरेर अघि बढाएको केवलकारको आयोजना वन सम्बन्धी कानूनी जटिलता र पुंजी अभावमा झण्डै डेढ दशकसम्म अघि बढ्न नसकिरहेका बेला नेपालका शक्तिशाली घराना शर्मा एण्ड कम्पनी र आईएमई समुहको प्रवेशसँगै परिकल्पनाले सार्थकता पाएको हो । कम्पनीमा शर्मा एण्ड कम्पनी सहितको स्थानीयको ४९ प्रतिशत र आईएमई समुहको ५१ प्रतिशत शेयर लगानी रहेको छ । लुम्बिनी केवलकार लुम्बिनी प्रदेशकै पहिलो केवलकार हो ।

पर्यटकहरुका लागि १५० बेडको सुबिधासम्पन्न होटल, क्यासिनो, ७०० बढी क्षेमताको सभाहल सहितको सुबिधा समेत प्रयोग गर्न सकिने गरि तयारी गरिने कम्पनीले घोषणा गरेको छ ।

केवलकारमा २५ वटा गोण्डुला रहेका छन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।

केपलकार सहित समग्र आयोजनामा करिब रु पाँच अर्ब लगानी भएको बताइएको छ । आजबाट ब्यवसायीक सेवा प्रारम्भ भएपनि जेठ २५ गते प्रधानमन्त्री प्रचण्डबाट केवलकारको औपचारिक उदघाटन हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : २० बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको