३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति



बुटवल । नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुलाई पनि समावेश गरिएको खवरहरु सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको उल्लेख गरेका छन् । विज्ञप्तीमा यसबारेमा नेपाल सरकारको धारणा के हो ? यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरिएको छ ।

“नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भू-भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नु त कहाँ हो कहाँ, थप भू-भागलाई आफ्नो नक्सामा राखेर छिमेकी मित्रराष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं”-विज्ञप्तीमा उल्लेख छ । यसले भारत नेपालको मिचिएको भूभाग फिर्ता गर्ने होइन, थप समस्या सिर्जना गर्न चाहन्छ भन्ने कुरालाई बल पुगेको उल्लेख गर्दै विज्ञप्तीमा भारतको उक्त व्यवहारप्रति सरकार मौन बस्नुले उसको राष्ट्रियताप्रतिको चरित्र समेत उदाङ्गो भएको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सुरु हुनै लाग्दा आएका यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन र उक्त नक्साबाट नेपालको भू-भाग हटाउनेतर्फ ठोस पहल गर्न एमाले रुपन्देहीले सरकारको ध्यानाकर्षण समेत गराएको छ । अन्यथा राष्ट्रियताको संरक्षणमा नेकपा एमाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको समेत विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १२ : ४१ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय