६ श्रावण २०८३, बुधबार | July 23, 2026

सहकारीको एम बैंकमार्फत आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक



काठमाडौं । सहकारी संस्थाका ग्राहकहरुको बैंकिङ एप ‘एम बैंक’ मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक आउने भएको छ ।

सहकारीका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्न आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्नेलाई उक्त क्यासब्याक दिने भएको हो ।

सो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एकजना प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्ने बताइएको छ । क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले जनाएको छ। उक्त क्यासब्याक अफर केही समयावधिका लागि लागु हुने बताइएको छ ।

केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ सम्झौता भएको बताइएको छ । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १२ : ५७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क