१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध २६ जेठसम्म उजुरी दिन सकिने



काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ २६ गतेसम्म उजुरी दिन सकिने भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनवाइ समितिले मंगलबार कार्कीविरुद्धको उजुरी आव्हान गरेको हो ।

‘नेपालको प्रधानन्यायाधीश पदमा देहाय बमोजिमका व्यक्ति (कार्की)को नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाइका लागि मिति २०८० वैशाख २७ गते यस समितिमा पत्र प्राप्त हुन आएकाले सर्वसाधारणको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘उक्त पदमा उहाँलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित मिति २०८० जेठ २६ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सुचना वा उजुरी दिन सकिने ब्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ ।’

समितिका अनुसार सुचना दाताले नाम थर, वतन र सम्पर्क नम्बर राख्नु पर्नेछ । आफूले चाहेमा आफ्नो नाम, थर गोप्य राख्न पनि सक्नेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ५४ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट