३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

भन्सार दर बढेपछि नेपालमा सुनको भाउ हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्याएपछि आज भाउ बढेको महासंघले जनाएको छ । अब अन्तराष्ट्रिय बजारमा भन्दा नेपालमा सुनको भाउ महंगो भैरहनेछ ।

मंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १ : ०० बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय