११ असार २०८३, बिहिबार | June 25, 2026

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्ड क्याबिनेटका अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । प्रतिनिधि मण्डलको नाम मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत सहभागी छन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले  विदाइ गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १ : ३५ बजे

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण सम्बन्धी

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी