८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

नागरिकता बिधेयकमा रास्वपा भित्र मतान्तर



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी भित्र बिधेयकका विषयमा मतान्तर देखिएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेको उक्त विधेयक नयाँ जनादेशसँगै प्रतिनिधिसभा गठन भएपछि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको विषयलाई रास्वपा भित्र मतान्तर देखिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भने नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य रहेको बताएका छन् भने अध्यक्ष रबी लामिछानेले नागरिकता बिधेयकलाई राष्ट्रहितविरुद्ध रहेको प्रतिक्रिया दिएका छन् । रास्वपा सांसद झाले नागरिकता विधेयक प्रमाणीकरणले अनागरिक भएर बसेका लाखौँलाई नागरिक बनाउने अपेक्षा गरेका छन् । नागरिकताविहीन हुँदा लाखौँ युवाले जागिर खान नपाएको अवस्थालाई समाधान गर्ने भएकाले विधेयक प्रमाणीकरण स्वागत योग्य रहेको उनले बताएका छन् ।

‘अनागरिक हुनु सबैभन्दा ठूलो पीडा हो । विदेशबाट श्रम गरेर पठाएको पैसाले छोराले पढेको छ । तर, नागरिकता नभएर जागिर खान पाएको थिएन । अब समस्या समाधान हुने हुँदा विधेयक प्रमाणीकरणलाई स्वागत गर्छु,’ झाले भने, ‘लामो समय अड्काएर अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने बेला भएको प्रमाणीकरणले भने शंका उब्जाएको छ ।’

सांसद झाले स्वागत गरिरहँदा उनकै पार्टीका सभापति रवि लामिछानेले भने संसदमा छलफल नगराई पुरानै विधेयक प्रमाणीकरण हुनु राष्ट्रहितविरुद्ध रहेको प्रतिक्रिया दिएका छन् । नागरिकता विधेयक प्रमाणीकरण भएपछि आफ्नो आधिकारिक फेसबुक पेजमा सभापति तथा संसदीय दलका नेता लामिछानेले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

सांसद झाले पनि प्रमाणीकरणको प्रक्रियामा भने आशंका प्कट गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको केही समय अगाडी प्रमणाकिरण गरिनुलाई शंकाको दृष्टिले हेर्न सकिने उनले बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : १० बजे

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ