८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सुर्तीजन्य पदार्थ निषेधित तिलोत्तमा र सिद्धार्थनगरलाई सम्मान



बुटवल । सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित गरेको भन्दै नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले जिल्लाका दुई पालिकालाई सम्मान गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरेको हो ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईँ र संस्थाका अध्यक्ष खिमबहादुर हमालले यी दुई नगरपालिकालाई सम्मान गरेका छन् ।

त्यसैअवसरमा संस्थाले संस्थाका सदस्य तथा सल्लाहकार प्रवल जनसेवा श्रीबाट विभूषित निर्मलप्रसाद लाकौल, लायन्स क्लव डिष्ट्रिकमा निर्वाचित फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सुभयात्रा संस्थाका अध्यक्ष मधुसुदन गैरे र जिल्ला वचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक चपाईँले मानव स्वास्थ्यलाई ध्यान दिएर सुर्तीजन्य पदार्थ विरुद्धको कानुनलाई कडाईका साथ कार्यान्वयन गर्न जिल्लाका पालिकाहरुलाई आग्रह गरे । उनले तिलोत्तमा र सिद्धार्थनगरले सुर्तीजन्य पदार्थ निषेध गरेकामा धन्यवाद व्यक्त गर्दै निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई संगसंगै अगाडि बढाउन सुझाव दिए । जिल्लाका अरु पालिकालाई पनि सुर्तीजन्य पदार्थ विरुधको अभियानमा लाग्न उनले आग्रह गरे ।

तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरी क्यान्सर मुक्त समाज निर्माणको अभियानमा अग्रसर रहेकोले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निशेधित गरेका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरिएको नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले बताए । उनले यो कामको लागि नागरिक स्तरबाट पनि प्रोत्साहन मिलोस् र अरु पालिकालाई पनि प्रेरणा मिलोस भन्नको लागि सम्मान गरिएको भनाई राखे ।

सम्मानित तिलोत्तमा नगरपालिकाका प्रतिनिधि वडा अध्यक्ष गणेश पाठकले नगरपालिकालाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद दिदै सम्मानले नगरपालिकालाई थप प्रेरणा र हौषला मिलेको बताए ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा प्रत्येक ८ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको वालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए । उनका अनुसार सबैजसो क्यान्सरमा सुर्तीजन्य पदार्थको सेवनले प्रत्येक्ष सम्बन्ध राख्छ । सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनि १५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

सुर्तीजन्य पदार्थ नियमन, नियन्त्रण ऐन कार्यान्वयनका लागि संस्थाले जिल्ला प्रशासन तथा पालिकाहरुलाई ध्यानाकर्षण गराईएको र संस्थाको सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सहयोग मिलेको नेपाल अर्वुद रोग निवारण संस्थाका सचिव प्रजापाल गिरीले बताए ।

रुपन्देहीका २ पालिकाले कार्यपालिका स्तरबाट ती पालिकाहरुमा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा प्रतिबन्ध लगाएपनि संघीय कानुन अन्तर्गत अन्तशुल्कबाट अनुमतिपत्र प्राप्त व्यवसायीहरुले भने ती मालवस्तुको कारोबार जारी राखेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : २३ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति