८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुदै, यस्तो छ तालिका



नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहीवार बिहान साढे दश बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम तय भएको छ । राजघाट पुगेर गान्धी प्रति पुष्पगुच्छा अर्पण गर्नेछन् ।

राजघाटबाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता गर्नेछन् । सो भेटघाटमा दुई देश बिचको आपसी सबन्धका बारेमा छलफल हुनेछ ।

सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । सो भेटवार्ता र छलफल पछि दुई देशका बिचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतका भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ३२ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय