४ श्रावण २०८३, सोमबार | July 20, 2026

अमेरिका अभिनेता ड्यानीमाथी बलात्कारको आरोप पुष्टी, गए ३० वर्ष जेलमा



लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टी भएपछि उनलाई जेल सजायँ तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको तीनवटा मुद्दाहरू मध्ये दुईमा दोषी पाईएको हो । उनलाई सो अदालतले ३० बर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिईएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं । तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जूरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं ।’

‘दि ७० शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन । यद्धपी, उनले सो आरोप भने अस्विकार गरेका छन ।

अदालतको फैसालासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म आजीवन जेल सजाय भोग्नु पर्नेछ । सो फैसालालगत्तै मास्टरसनलाई बुधबार हिरासतमा लिइएको सिएनएनले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ०० बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री