४ पुस २०८२, शुक्रबार | December 20, 2025

हलेसी तुवाचुङलाई साँस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी



खोटाङ । सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानियवासी खुसी भएका हुन ।

किरात राई समुदायको उद्गमथलो मानिने तुवाचुङलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनासहित बजेटमा समावेश भएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले ‘हलेसीको समृद्धि हाम्रै पालामा’ हुने प्रतिक्रिया दिएकी छन् । ‘हलेसी तुवाचुङ नगरपालिकाको नागरिक र जनप्रतिनिधि हुनुका नाताले गर्वले छाती चौडा भएको छ,’ मेयर राईले भनेकी छिन्, ‘हलेसीको संमृद्धि अब हाम्रै पालामा ।’

सरकारले हलेसी तुवाचुङलाई किरात साँस्कृतिक सर्किटमा समेट्ने बजेट बक्तव्यमा उल्लेख गरेको छ । सरकारले नयाँ बजेटमा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर साँस्कृतिक सर्किटको निर्माण गर्ने योजना अघि सारेको हो ।

आफ्नो पुर्खा दिदि तायमा, बहिनी खियामा र भाई रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेको लगायतका किंवदन्तीका आधारमा राई समुदायले तुवाचुङ-जायजुमलाई श्रद्धाको थलोका रुपमा लिने गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको