८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

हलेसी तुवाचुङलाई साँस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी



खोटाङ । सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानियवासी खुसी भएका हुन ।

किरात राई समुदायको उद्गमथलो मानिने तुवाचुङलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनासहित बजेटमा समावेश भएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले ‘हलेसीको समृद्धि हाम्रै पालामा’ हुने प्रतिक्रिया दिएकी छन् । ‘हलेसी तुवाचुङ नगरपालिकाको नागरिक र जनप्रतिनिधि हुनुका नाताले गर्वले छाती चौडा भएको छ,’ मेयर राईले भनेकी छिन्, ‘हलेसीको संमृद्धि अब हाम्रै पालामा ।’

सरकारले हलेसी तुवाचुङलाई किरात साँस्कृतिक सर्किटमा समेट्ने बजेट बक्तव्यमा उल्लेख गरेको छ । सरकारले नयाँ बजेटमा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर साँस्कृतिक सर्किटको निर्माण गर्ने योजना अघि सारेको हो ।

आफ्नो पुर्खा दिदि तायमा, बहिनी खियामा र भाई रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेको लगायतका किंवदन्तीका आधारमा राई समुदायले तुवाचुङ-जायजुमलाई श्रद्धाको थलोका रुपमा लिने गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ०१ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि