३ चैत्र २०८२, मंगलबार | March 18, 2026

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पायो आईएसल प्रयोगको स्वीकृति



नयाँ दिल्ली । भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा ‘इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएसल) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमका विषयमा चासो व्यक्त गरेपछि भारतले प्रयोग अनुमति दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएसका लागि भारतले अनुमति दिएको जनाएका छन् ।

यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ। विमानस्थल निर्माणको क्रममा नेपालले पहिल्यै आइएसएस उपकरण जडान गरेपनि त्यसको फ्रिक्वेन्सीले भारतीय सीमा क्षेत्रको २ किलोमिटर आसपासको हवाई स्पेस लिएपछि भारतले सो उपकरण संचालनमा अवरोध गरेको थियो ।

आइएलएस उडान नहुँदा मौसम खराब हुँदा भैरहवाको उडान अवरुद्ध हुने गरेको थियो । अब भने जुनसुकै मौसममा पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल उडान योग्य हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा अतिरिक्त हवाई रुटबारे समेत कुराकानी भएको र त्यससम्बन्धमा भारत सकारात्मक रहेको जानकारी गराए ।

‘हामीले अतिरिक्त हवाई रुटका विषयमा पनि छलफल गरेका छौं । द्विपक्षीय हवाई उडानका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गर्छ,’ प्रचण्डले पत्रकार सम्मेलनमा भने ।

उनले दुई देशबीच द्विपक्षीय एटीआर जहाज उडान गर्न सम्भव रहेको पनि बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : ०७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड