२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

हिन्दी भाषामा पनि ‘परस्त्री’



काठमाडौं । केही समयदेखि नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् ।

अभिनेता हुँदै निर्देशक बनेका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’ को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिए । “हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझैँ भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भने ।

चलचित्रका लेखक तथा निर्माता दीपेन्द्र के खनालले हिन्दी भाषामा नेपाल प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको जानकारी दिए । “हामी छलफलमै छौँ । नेपालमा हिन्दी भाषा प्रदर्शन गर्नै पर्ने भन्ने छैन । हिन्दी भाषा विशेषत भारतसँगै विदेशी बजारको लागि हो”, लेखक खनालले भने ।

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गरेका छन । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कट कथावस्तुमा निर्माण भएको चलचित्रको प्राविधिक कार्य भारतकै मुम्बइमा गरिएको छ ।

हिन्दी भाषामा नेपाली चलचित्रले दर्शक पाएमा यहाँ निर्माणका लागि बजेट भित्रिने वितरक करण श्रेष्ठको भनाइ छ । “हामी कहाँ हिन्दी भाषामा बन्ने चलचित्रको बजार राम्रो छ । यद्यपि भारतमा हामीले नेपाली चलचित्रलाई राम्रोसँग प्रदर्शन गर्न सकिरहेका छैनौँ । विस्तार भइरहेको प्रयाशले पक्कै एक दिन सफलता दिनेछ”, वितरक श्रेष्ठले भने ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ६ : १९ बजे

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित