१६ माघ २०८२, शुक्रबार | January 30, 2026

उपत्यका बाहिर जाने सवारीसाधन नयाँ बसपार्कबाटै सञ्चालन गर्न महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो । जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ । “काठमाडौंबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ”, महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

बैठकले निर्णय गरिसकेपछि पनि अनाधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ । धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ । सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ११ : ०१ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता