३ चैत्र २०८२, मंगलबार | March 18, 2026

मध्य प्रदेशका मुख्यमन्त्री चौहान भन्छन् -‘दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक’



काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानबीच भेटवार्ता भएको छ । भेटवार्ता पछि मध्य प्रदेशका मुख्यमन्त्री चौहानले सामाजिक सञ्जालमार्फत नेपाल र भारत अत्यन्त प्राचिन र महान् राष्ट्र भएको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा स्वागत गर्दै सिंहले भनेका छन्, ‘यही भावले अहिल्याको पवित्र नगरमा, इन्दौरमा, मध्यप्रदेशमा नेपालका माननीय प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशको गौरवशाली परम्परा अनुरूप हृदयदेखि स्वागत गरेका छौँ । दुई देशको सम्बन्ध अझै प्रगाढ बनोस् । सहयोग अझै बढोस् । उनको यो यात्राले यस दिशामा ठोस कदम अगाडि बढ्नेछ ।’

उनले प्रचण्डलाई बाबा महाकालको दर्शन गरी नेपालका जनताको कल्याण र विकासको लागि आशीर्वाद लिन आग्रह गर्दै आफुले पनि दुवै राष्ट्र सधैँ विकास, कल्याण र आपसी सद्भावको मार्गमा अगाडि बढोस् भन्दै पतिनाथसँग प्रार्थना गरेको बताएका छन् । मुख्यमन्त्री चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ३ : ०३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड