४ पुस २०८२, शुक्रबार | December 20, 2025

मध्य प्रदेशका मुख्यमन्त्री चौहान भन्छन् -‘दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक’



काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानबीच भेटवार्ता भएको छ । भेटवार्ता पछि मध्य प्रदेशका मुख्यमन्त्री चौहानले सामाजिक सञ्जालमार्फत नेपाल र भारत अत्यन्त प्राचिन र महान् राष्ट्र भएको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा स्वागत गर्दै सिंहले भनेका छन्, ‘यही भावले अहिल्याको पवित्र नगरमा, इन्दौरमा, मध्यप्रदेशमा नेपालका माननीय प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशको गौरवशाली परम्परा अनुरूप हृदयदेखि स्वागत गरेका छौँ । दुई देशको सम्बन्ध अझै प्रगाढ बनोस् । सहयोग अझै बढोस् । उनको यो यात्राले यस दिशामा ठोस कदम अगाडि बढ्नेछ ।’

उनले प्रचण्डलाई बाबा महाकालको दर्शन गरी नेपालका जनताको कल्याण र विकासको लागि आशीर्वाद लिन आग्रह गर्दै आफुले पनि दुवै राष्ट्र सधैँ विकास, कल्याण र आपसी सद्भावको मार्गमा अगाडि बढोस् भन्दै पतिनाथसँग प्रार्थना गरेको बताएका छन् । मुख्यमन्त्री चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ३ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको