२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ठगीमा मुद्धा चल्ने भएपछि सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी



बुटवल । अत्यन्त न्युन आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले अन्ततः किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न मन्जुरी गरेको छ । बचत रकम खर्च गरेर सकिएको बताएर बचतकर्ताहरुलाई भुक्तानी रोकेको सहकारी माथि सहकारी दर्ता अधिकारीको कार्यालय दाङले कडा ‘एक्सन’ लिएपछि सहकारीकी ब्यवस्थापक सृजना तामाङ बचतकर्ताको रकम भुक्तानी गर्न सहमत भएकी हुन् ।

एक हजार ९ सयको चेक भुक्तानीमा आनाकानी गरेपछि बचतकर्ताको घेराउमा परेकी तामाङले बचतबाट संकलन भएको रकम मसलन्धमा खर्च भएको, संचालकको नाम थाहा नभएको, दर्ता कागजात अद्यावधिक नभएको जवाफ दिएपछि आक्रोशित बचतकर्ताले तामाङलाई प्रहरीमा बुझाएर दर्ता अधिकारी कार्यालयमा उजुरी दिन पुगेका थिए ।

प्रहरीको समन्वयमा दाङ चलान गरिएकी तामाङलाई दर्ता अधिकारी भिमप्रसाद तिवारीले यथासिघ्र बचत रकम भुक्तानी नगरिए ठगी अभियोगमा मुद्दा चलाउन पत्राचार गरेसँगै प्रहरी समक्ष उनले भुक्तानी गर्ने सहमति जनाएकी हुन् ।

सहकारीको कार्यालयमा संचालकहरुको नाम गोप्य राखेर बुटवलको देबीनगर स्थित होराईजन चौकमा २ वर्ष देखि सहकारी संचालन हुँदै आएको थियो । दैनीक ज्यालादारी गर्ने मजदुर, अटो चालक र गृहिणीहरुलाई लक्षीत गर्दै बचत संकलन गरेको सहकारीले सुरुसुरुमा घरघरै अवधि पुगेको बचतको भुक्तानी पठाउने गरेपनि पछिल्लो हप्ता भुक्तानी गर्न असमर्थता जनाएपछि बचतकर्ताहरुले सहकारी घेराउ गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा बचतकर्ता र ब्यवस्थापक तामाङबीच सुरुमा अशक्त, अपाङ्ग तथा एकल बचतकर्ताको भुक्तानी गर्ने र क्रमश हरेक हप्ता ६ लाखमा नघटाई बचतकर्ताहरुको जम्मा गरेको रकम भुक्तानी गर्ने सहमति भएको बचतकर्ता गोपाल श्रेष्ठले बताए । भुक्तानी गर्न नसके आफ्नो पासपोर्ट जफत गरि घरघरानाबाट असुल गर्न ब्यवस्थापक तामाङले प्रहरी समक्ष कागज गरिदिएसँगै आजबाट भुक्तानी प्रक्रिया सुरु भएको छ । सहमती अनुसार आज पहिलो चरणमा ६ लाख बराबरको बचत भुक्तानी भइरहेको छ ।

स्याङ्जा कृष्ण गण्डकी गाँउपालिकाका विष्णप्रसाद भट्टराई अध्यक्ष रहेको संस्थाको शेयर पुँजी जम्मा ९ लाख ३० हजार रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ४ : ३८ बजे

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ