४ पुस २०८२, शुक्रबार | December 20, 2025

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।

अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।

१० औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। त्यसयता उनको संस्थापन पक्षसँग सम्बन्ध चिसिएको थियो ।

घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गरेका थिए। टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उनी अमेरिकी भम्रणमा निस्केका हुन् ।

भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भुमिका निर्वाह गर्न घलेलाई आग्रह गरेका थिए ।

जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै संघलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

घलले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राखेका थिए। घलेले सबै पंञ्जीकृत सदस्यलाई मतादानको अधिकार दिनुपर्ने अडान राखेका थिए । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुनेभएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उनले जोड दिएका थिए ।

घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गरेका थिए ।

घलेले विधानविपरीत जाने छुट कसैलाई नभएको बताएका थिए ।

आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको