३ आश्विन २०८३, शनिबार | September 19, 2026

न्यू होराइजन फेस्ट २०८० जेठ २३ गतेदेखि सुरु



बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डर स्कूल बुटवलले ‘न्यू होराइजन फेस्ट’ गर्ने भएको छ ।

विद्यालयले यहीँ जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ गर्न लागेको हो । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी क्रिकेट, फूटसल, हाजिरीजवाफ, रोबटिक्स र म्यूजिकल टयालेन्ट हन्ट गर्न लागेको जानकारी दिएको हो ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उद्देश्यले विद्यालयले गतवर्षदेखि एसईई दिएर बसेका विद्यार्थी सहभागिता हुने गरी होराइजन फेस्ट आयोजना गर्दै आएको बताए । प्राचार्य उपाध्यायले प्रतियोगितामा एसईई दिएर बसेका लुम्बिनी प्रदेशका जुनसुकै ठाउँबाट पनि विद्यार्थीले सहभागिता जनाउन सक्ने बताए ।
क्रिकेट प्रतियोगिता टि–१० हुनेछ । २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने क्रिकेटमा करिब २० टिमको सहभागिता रहनेछ । २७ र २८ गते फुटसल टुर्नामेन्ट हुनेछ । ३० गते हाजिरीजवाफ, ३१ र ३२ गते रोबटिक्स वर्कशप र असार १ गते म्यूजिकल टयालेन्ट हन्ट हुने खेल संयोजक मनोज सिलवालले जानकारी दिए । विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले प्रतियोगिता २० हजार रुपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको बताए ।

एसईई दिएर निस्कृय रहेका विद्यार्थीहरूलाई सृजनात्मक सक्षमता उजागर गर्ने र विविध खेल विद्याका माध्यामबाट आपसी सदभाव अभिवृद्धि गर्न प्रतियोगिता गर्न लागिएको खनालले बताए । प्रतियोगितामा सहभागिताका लागि टीम दर्ता निःशुल्क गरिएको छ । होराइजन देशकै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ६ : ३१ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब