१ पुस २०८२, मंगलबार | December 16, 2025

न्यू होराइजन फेस्ट २०८० जेठ २३ गतेदेखि सुरु



बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डर स्कूल बुटवलले ‘न्यू होराइजन फेस्ट’ गर्ने भएको छ ।

विद्यालयले यहीँ जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ गर्न लागेको हो । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी क्रिकेट, फूटसल, हाजिरीजवाफ, रोबटिक्स र म्यूजिकल टयालेन्ट हन्ट गर्न लागेको जानकारी दिएको हो ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उद्देश्यले विद्यालयले गतवर्षदेखि एसईई दिएर बसेका विद्यार्थी सहभागिता हुने गरी होराइजन फेस्ट आयोजना गर्दै आएको बताए । प्राचार्य उपाध्यायले प्रतियोगितामा एसईई दिएर बसेका लुम्बिनी प्रदेशका जुनसुकै ठाउँबाट पनि विद्यार्थीले सहभागिता जनाउन सक्ने बताए ।
क्रिकेट प्रतियोगिता टि–१० हुनेछ । २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने क्रिकेटमा करिब २० टिमको सहभागिता रहनेछ । २७ र २८ गते फुटसल टुर्नामेन्ट हुनेछ । ३० गते हाजिरीजवाफ, ३१ र ३२ गते रोबटिक्स वर्कशप र असार १ गते म्यूजिकल टयालेन्ट हन्ट हुने खेल संयोजक मनोज सिलवालले जानकारी दिए । विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले प्रतियोगिता २० हजार रुपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको बताए ।

एसईई दिएर निस्कृय रहेका विद्यार्थीहरूलाई सृजनात्मक सक्षमता उजागर गर्ने र विविध खेल विद्याका माध्यामबाट आपसी सदभाव अभिवृद्धि गर्न प्रतियोगिता गर्न लागिएको खनालले बताए । प्रतियोगितामा सहभागिताका लागि टीम दर्ता निःशुल्क गरिएको छ । होराइजन देशकै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ६ : ३१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज