४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश



काठमाडौं । राष्ट्रपतिद्वारा प्रमाणिकरण गरिएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले तत्कालका लागि यो विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार अघिल्लो राष्ट्रपतिले होल्डमा राखेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

विधेयक प्रमाणिकरण गैरसंवैधानिक भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ । यसैगरी राष्ट्रपति कार्यालयलगायतका नाममा कारण देखाउ आदेश जारी भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ५ : ३५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज