७ पुस २०८२, सोमबार | December 22, 2025

संघीय सदनका दुवै बैठक बस्दै : हिजो अवरुद्ध बैठक आज सुचारु हुनसक्ने



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथी छलफल तथा बहस सुरू हुनेछ । तर, हिजोको बैठक प्रमुख प्रतिपक्ष दलले अवरुद्ध गरे पछि छलफल नै सुरु नभई स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बंगलादेशसम्म सिमा पहुँचका लागि नेपाली भुमी कालापानी साटफेर गरेर सिमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतले प्रधानमन्त्रीको जवाफ माग गर्दै हिजो संसद अवरुद्ध गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सुचारु गर्न नदिए पछि आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।

सहमति खोज्नका लागि स्थगित भएको बैठक सहमति जुटन नसके पछि आज बिहान ११ बजे बोलाईएको हो ।

उता, राष्ट्रियसभा बैठक भने सुचारु भई शोक प्रस्ताव पारित गरे पनि त्यसपछि बैठक अघि बढन सकेन । प्रतिपक्ष दलले अवरोध गरेपछि आधा घन्टाका लागि स्थगित बैठक सुचारु हुन नसकेपछि आज अपरान्ह १ बजेका लागि बोलाईएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ४९ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि